काठमाडौँ । सुनको भाउ निरन्तर बढ्दो क्रममा रहेको छ । सोमबार सुन तोला कै १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म कै उच्च हो । केही दिनमा नै सुन २ लाखसम्म पुग्ने अनुमान गरिएको छ । तर, सुनको माग ५० प्रतिशतले घटेको देखिएको छ । यस्तो अवस्थामा सुनको व्यापार गर्ने व्यवसायी र काम गर्ने कामदार कालिगढलाई समस्या पर्ने देखिएको छ ।
३ प्रश्नको आजको अंकमा हामीले सुनको भाउ किन र यसले व्यवसायलाई परेको असरको विषयमा नेपाल सुन व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यसँग सँग कुरा गरेका छौँ ।
सुनको मूल्य आज पनि उच्च बिन्दुमा पुगेको छ यसको कारण के होला ?
सुनको मुल्य बढ्नुको मुख्य कारण कर निति हो । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नितिका कारणले सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । ट्रम्पको नितिका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको छ । त्यसैले लगानीकर्ताहरु सुन तिर आकर्षित भएका छन् ।
दोस्रो कारण भनेको अहिले डलर कमजोर छ । सुन र डलरको अन्तरसम्बन्ध हुन्छ । अहिले डलर कमजोर भइरहेको र लगानी क्षेत्रले सुनलाई प्राथमिकता दिएको हुनाले पनि सुनको भाउ बढेको हो ।
यो अमेरिका र चिन बिच जुन व्यापार युद्ध भईराखेको छ त्यसले मुख्य कारण बनेको छ । उनीहरुको आपसी व्यापार युद्धले एक अर्काेलाई जुन कर बढाउने प्रतिस्पर्धा चलेको छ यसले भोली विश्व अर्थतन्त्रमै कस्तो असर पर्छ भन्नेमा उनिहरुले पनि चासो दिएको देखिदैन । त्यसकारण व्यवसाय चिन्ताजनक अवस्थामा छ ।
उता, युक्रेन रुस युद्ध तथा हमास र प्यालेष्टाइन युद्धको कारणले पनि विश्वव्यापी रुपमा सुनको भाउ बढेको छ । यी तिनवटै कारणले आर्थिक क्षेत्र अस्तव्यस्त भएको छ । सेयर मार्केट, र वन मार्केटहरु पनि अहिले धरासायी अवस्थामा छन् । त्यसैले मान्छेहरुको क्रयशक्ति घटिरहेको छ । त्यसैले सुनको भाउ बढेको बढेकै छ ।
सुनको भाउ बढेका कारण देशको अर्थतन्त्र र व्यापार व्यवसायलाई कस्तो असर गरेको छ ?
नेपालमा पनि यसको असर गम्भिर रुपमा परेको छ । अब सुनको भाउ दुई चार दिनमा नै २ लाख पुग्ने देखिएको छ । यसले नेपालको व्यापार व्यवसाय पनि धरासायी हुदै गएको छ । मानिसहरुको क्रय शक्तिमा ह्रास आउँदा मानिसहरुको आधारभुत आवश्यकता पुरा भएको छैन। यस्तो अवस्थामा सुनमो कसरी लगानी गर्ने ?
नेपालमा पनि व्यापार व्यवसाय छैन् उद्योग धन्दा छैन् । व्यापार व्यवसाय नभएकाले मानिसहरुसँग नगद छैन् एकातिर क्रय शक्ति नहुनु र अर्काेतिर सुनको मुल्य छोइ नसक्नु हुनुले नेपालको व्यापार झण्डै सुन्यको अवस्थामा पुगेको छ । व्यापारीहरु एकदम चिन्तित छन् । कसरी व्यापार धान्ने व्यासायलाई बचाउन सकिन्छ की सकिदैन भन्ने खालको चिन्ता समेत देखा परेको छ ।
नेपाल सरकार खाली रेमिटेन्सको भरमा चलिराखेको छ । रेमिटेन्स भए पनि सुनको कारोबार नहुँदा यसबाट जुन राजस्व उठ्थ्यो त्यो उठ्न सकेको छैन् । वार्षिक करिब ९ अर्बको राजस्व आउथ्यो भने अहिले त्यसको एक चौथाई पनि छैन् । जसले गर्दा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेको छ । त्यसैले सम्बन्धित निकायले यसमा अलिकति ध्यान दिनुपर्छ । हुन त यो विश्वव्यापीकरणको प्रभाव भएको हुनाले विश्व बजारमै असर परेको हुनाले हामीलाई त्यसको असर त स्वभावीक रुपमा पर्ने नै भयो । तर पनि हामीले के के गर्न सक्छौँ भन्ने कुरामा सम्बन्धित निकायले अलिकति चासो देखाईदिएको भए हुन्थ्यो भन्ने लागेको छ ।
सुनको बजार धरासायी बनेको अवस्थामा सुन व्यवसायी र रोजगारी जोगाउन कसले कस्तो भुमिका निभाउनुपर्ला ?
अप्रत्यक्ष रुपमा यसबाट धेरै जनाले रोजगारी पनि गुमाएका छन् । हामीले सम्भव भएसम्म त सरकारलाई पनि ध्यान दिन भन्छौ । तर सुनको व्यापार भनेको कुनै निश्चित देशको सीमा भित्र हुने कुरा हाईन । यो विश्व बजारको अर्थतन्त्र सँग सम्बन्धित विषय भएकोले नेपाल सरकारले पनि केहि गर्न त गाह्रो पर्छ तर प्रयास चाही गर्नुपर्छ ।
कुन निति अपनायो भने व्यवसाय अलिकति फस्टाउँछ भन्ने चासो लिएको भए जाती हुन्थ्यो । सुनको व्यापार विश्व बजारमै सुधार आएको खण्डमा मात्र सुधार हुन्छ । मानिसहरुको क्रय शक्ति बढेन भने त यो न्युनतम मुल्य उच्च पुगेको चाहि हो । यसमा आम व्यवसायी पनि चिन्तित छन् हाम्रो जस्तो गरिब मुलुकमा जाहा सुन जन्म देखि मृत्यु सम्मका सबै सस्कारमा सुन नभई नहुने कुरा हो ।
यस्तो अवस्थामा मानिसहरुले अहिले विवाह ब्रतबन्ध भोज भतेर आदी सबैमा मुश्किल मुश्किलले काम चालाउने हिसाबले मात्र सुन प्रयोग गर्ने गरेका छन् । त्यसैले विश्वव्यापी रुपमा नै भाउ नसस्तिएसम्म यसमा कसैले केही गर्न सक्दैनन् ।
प्रतिक्रिया