काठमाडौँ । गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई अस्थायी आवास निर्माण गर्न सरकाले १० स्थानीय तहमा अनुदान वितरण थालेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले २८९५ हजार घरपरिवारलाई पहिलो किस्ताबापत २५ हजार रुपैयाँ प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
“माग भएअनुसार जिल्ला प्रशासन कार्यालयलाई रकम प्राप्त भएको र गत आइतबारदेखि प्रभावित परिवारलाई वितरण गरिरहेका छौँ,” उनले भने ।
प्राधिकरणले दोस्रो किस्ताबापत २५ हजार रुपैयाँ उपलब्ध हुने जनाएको छ । पहिलो चरणमा महाभारत गाउँपालिकामा १७, बेथानचोकमा २३९ र नमोबुद्ध नगरमा ८२४ घर परिवारका लागि रकम माग गरिएको थियो ।
प्राधिकरणले निजी आवास पूर्णरुपमा क्षति भएको, आंशिक क्षति भएता पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णयअनुसार चरणबद्ध रुपमा अनुदान रकम निकासा गरिएको जनाएको छ । रासस
प्रतिक्रिया