प्लास्टिकजन्य फोहोर नबाल्न कामनपाको आग्रह


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला स्थानमा फोहोर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहोरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताएकी छन् ।

महानगरबाट फोहोर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहोर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरेकी छन् । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरेकी छन् ।

प्रकाशित मिति: ९ वैशाख २०८२, मंगलबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।