काठमाडौँ । गरिमा विकास बैंकले विभिन्न ठाँउमा धितोमा रहेको घर जग्गा तथा गाडी लिलाम बिक्री गर्ने भएको छ । बैंकले सम्झौता भए अनुसार समयमै ऋण नतिर्ने ऋणीहरुले लिलाममा राखेको सम्पत्ति बिक्री गर्न लागेको हो ।
बैंकले बैंक तथा वित्तिय सस्था सम्बन्धी ऐन २०७३ अनुसार लिलाम बिक्री गरिने जनाएको छ । बैंकका अनुसार, मालपोत कार्यालय कास्कीमा सहबिर गुरुङको नाममा भीरचोक गा.वि.स. ३ मा स्थीत कित्ता नं. २३७, २३० वडा नं. २ मा स्थीत कित्ता नं. ३३४, ३४७, ३९४ वडा नं. ४ मा रहेको कित्ता नं. ९७ को जग्गा र उक्त जग्गामा रहेको घर सहित लिलाम बिक्री गरिने छ ।
यस्तै मालपोत कार्यालय कलंकीमा धर्मराज थापा क्षेत्रीको नाममा रहेको सितापाईला गा.वि.स.वडा नं. ८ मा स्थीत कित्ता नं. ५३ र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
मालपोत कार्यालय इनरुवा सुनसरीमा देवीकुमारी कार्कीको नाममा रहेको भरौल गा.वि.स वडा नं. ३ स्थीत कित्ता नं. १४१९, १४३४ र वक्लौरी गा.वि.स. वडा नं. ६ स्थीत कित्ता नं. २२९९ र २२८५ को जग्गा सहित जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
मालपोत कार्यालय पर्सामा नुरजहान खान को नाममा रहेको कौवावन कटैया गा.वि.स. ४ स्थीत कित्ता नं. २१२ को जग्गा, जग्गामा बनेको घर र चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
मालपोत कार्यालय सुनसरीमा अर्जुन कुमार गिरीको नाममा रहेको हासपोस गा.वि.स. २ मा स्थीत कित्ता नं. ३७०४ को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ । यस्तै यातायात व्यवस्था कार्यालय काशीमा दर्ता भएको, को.२.च.२३६९ नम्बरको २०१८ मा बनेको महेन्द्रा बोलेरो समेत लिलाम बिक्री गरिने छ ।
मालपोत कार्यालय भद्रपुर झापामा झारवति राजवंशीको नाममा रहेको पाराखोपी गा.वि.स.६ मा स्थीत कित्ता नं. ८७६९ को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ । यस्तै टंक कुमार कार्कीको नाममा रहेको घैलाडुब्बा गा.वि.स.९ मा स्थीत कित्ता नं. ३३७५, ४८०० को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
यस्तै यातायात व्यवस्था कार्यालय वीरगञ्जमा दर्ता रहेको ना.५.च. १२०७ नम्बरको २०१९ मा बनेको सवारी साधन समेत लिलाम बिक्री गरिने छ ।
यस्तै मालपोत कार्यालय चन्द्रौटा कपिलवस्तुमा किशोर अहिरको नाममा रहेको चनई गा.वि.स.५ स्थीत कित्ता नंं. १६३८ को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
मालपोत कार्यालय पर्वतमा लाल बहादुर रिमालको नाममा रहेको शिवालय गा.वि.स.२ स्थीत कित्ता नं. ६५४ को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
मालपोत कार्यालय इनरुवा सुनसरीमा निर्मला मगरको नाममा रहेको हासपोस गा.वि.स.८ मा स्थीत कित्ता नं. ७९० को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
मालपोत कार्यालय बारामा हिरामन साह कानुका नाममा रहेको मोतीसर गा.वि.स. ३ मा स्थीत कित्ता नं. १०३ र फेटा गा.वि.स. १ मा स्थीत कित्ता नं. ३३ को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
मालपोत कार्यालय चन्द्रौटा, कपिलवस्तुमा मोहम्मद रफीक मियाको नाममा रहेको चनई गा.वि.स. २ मा स्थीत कित्ता नं. ४६० को जग्गा सो जग्गामा बनेको घर र सोले चर्चेको सम्पुर्ण लिगलगापात समेत बिक्री गरिने छ ।
बैंकका अनुसार सम्पत्ति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा खरीद गर्नुपर्ने छ । बोलपत्र कर्ताले कबुल गरेको रकमको १० प्रतिशत धरौटी बुझाएको रसिद बोलपत्र साथ पेश गर्नुपर्ने छ । बोलपत्रमा आफुले कुन कुन सम्पत्ति के कति दरमा खरीद गर्ने हो सोको विवरण अंक र अक्षरमा स्पष्ट रुपमा खुलाउनु पर्ने छ । बोलपत्रकर्ताले आफ्नो नागरिकताको प्रमाण पत्र वा फर्म भए सोको दर्ता र आयकर प्रमाणपत्रको फोटोकपि संलग्न राखेर ३५ दिन भित्र आवेदन दिनुपर्ने छ ।
बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार बैंकमा निहित रहने छ । बोलपत्रको आवेदन फारम बैंकको केन्द्रिय कार्यालय वा शाखा कार्यालयहरुबाट १ हजार रुपैयाँ तिरेर प्राप्त गर्न सकिने छ । खरिद बिक्री सम्बन्धि सबै प्रक्रिया कानुन बमोजिम हुने छ ।
प्रतिक्रिया