प्रभु बैंकको २ लाख ४७ हजार बढि संस्थापक सेयर सर्वसाधारणमा


काठमाडौँ । प्रभु बैंकले २ लाख ४७ हजार ८१० कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । बैंकले उक्त मात्रामा संस्थापक सेयर सर्वसाधारण व्यक्ति, संस्थाको लागि बिक्रीमा ल्याएको हो ।

बैंकले नेपाल राष्ट्र बैंकबाट तोकेबमोजिमको फिट एण्ड प्रोपरको मापदण्ड पुरा हुने आवश्यक कागजात सहित १५ दिनभित्र निवेदन दिन भनेको छ । निवेदन बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आवेदन दिनुपर्ने छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता दिनुपर्ने भनिएको छ । सोहि प्रावधान अनुसार ३५ दिने सुचना निकालेकोमा संस्थापक सेयर धनीहरुको निवेदन नपरेको जनाएको छ ।

प्रकाशित मिति: १० वैशाख २०८२, बुधबार  १२ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।