२ करोड १० लाखमा दुई कल्भर्ट निर्माण


बागमती । हेटौँडा उपमहानगरपालिकाले २ करोड १० लाखमा २ वटा कल्भर्ट निर्माण गरेको छ ।
उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी २ वटा कल्भर्ट निर्माण गरेको हो ।
हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । पालिकाका अनुसार एउटा कल्भर्ट १ करोड १९ लाख र अर्को ८२ लाख ३ हजार ९८६ रुयैयाँँको लागतमा निर्माण गरिएको हो ।

प्रकाशित मिति: ११ वैशाख २०८२, बिहीबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।