काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकको सेयर बिक्री प्रावधानअनुसार पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरूलाई दिइनेछ ।
कम्पनीले निकालेको सूचनामा ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरूलाई कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा निवेदन दिन भनेको छ ।
तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीहरूको आवेदन नपरेमा मात्र अन्यमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया