काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीको संस्थापक शेयरधनी म्युचल ट्रेडिङ कम्पनीको नाममा रहेको २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिमको नाममा रहेको २ लाख २७ हजार ८५५ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयरमा संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
तोकिएकोसमयमा संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि आवेदन नपरेमा कम्पनीले सर्वसाधारण व्यक्ति तथा सस्थालाई शेयर बिक्रि गर्ने बताएको छ ।
प्रतिक्रिया