काठमाडौँ । चालु आर्थिक वर्ष (२०८१\८२) को १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्षको तुलनामा नेपालको वैेदशिक व्यापार १८.३७ प्रतिशतले वृद्धि भएको हो ।
उक्त अवधिमा १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.११ प्रतिशत बढी हो ।
यस्तै, साउनदेखि बैशाखसम्म नेपालले २ खर्ब १७ करोड ९१ लाख रुपैयाँको निर्यात गरेको छ । जुन गत आवको सोही महिनाको भन्दा ७२.७१ प्रतिशतले बढी हो ।
निर्यात बढेतापनि आयातमा कमी नआउदा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो ।
डिजेल आयातमा बाहिरियो १ खर्ब
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । १० महिनामा नेपालले १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको हो ।
यस्तै, डिजेल पछि सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा कच्चा सोयाबिन तेल रहेको छ । जुन ८१ अर्ब ८९ करोड रुपैयाँ हाराहारीका कच्चा सोयाबिन भित्रिएको छ । तेस्रो स्थानमा पेट्रोल छ । १० महिनामा ५३ अर्ब ५ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । चौथो स्थानमा खाना पकाउने ग्याँस रहेको छ । खााना पकाउने एलपी ग्यास ५१ अर्ब ८१ करोड रुपैयाँ बराबर भित्रिएको हो ।
प्रतिक्रिया