काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३१औँ वर्षमा प्रवेश गरेको अवसरमा महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।
जेठ ४ गते देखी १० गतेसम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत उनीहरुलाई सम्मान गरेको हो ।
साथै बैंकले जेष्ठ ७ गते केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभुषाको प्रदर्शन गरिएको थियो ।
यसका साथै बैंकको केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ ।
त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
प्रतिक्रिया