काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सबैभन्दा बढी विद्युत खपत गर्ने र समयमै महशुल तिर्ने ग्राहकलाई सम्मान गर्ने भएको छ ।
प्राधिकरणले सात प्रदेशबाट १०/१० जना उपभोक्ता र मुलुकभरका १० उपभोक्ता गरि ८० उपभोक्तालाई सम्मान गर्ने जनाएको छ ।
प्राधिकरणका अनुसार देशभरिबाट छनौट गरिने १० उपभोक्ताहरुमा विजय श्री स्टील्स, सर्वाेत्तम सिमेन्ट, आरती स्ट्रप्स प्रालि, गोयल स्पात प्रालि, प्रिमियम स्टील प्रालि, श्री स्टील्स प्रालि, होङशी सिमेन्ट, हुलाश वायर इन्डस्ट्रीज प्रालि, स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स प्रालि रहेका छन् ।
सम्मानका लागि छनौट भएका अधिक विद्युत खपत गर्ने र समयमै महसुल तिर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गरिने पनि प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया