यातायात कार्यालय बाराद्वारा १० महिनामा ८ करोड २१ लाख राजस्व सङ्कलन


काठमाडौँ । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा ८ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । “कार्यालयले औषतमा मासिक ६१ लाख रुपैयाँको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उनले भने ।

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ ३ करोड ८३ लाख ८७ हजार २६७ रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ १ करोड ६९ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार रुपैयाँ, अनुमतिपत्र नवीकरणतर्र्फ २७ लाख १६ हजार रुपैयाँ, सवारी विविधतर्फ ८ लाख २८ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै आयकरतर्फ ८ लाख ६० हजार ५२५ रुपैयाँ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  ०६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।