सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य आइतबारको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५०.०१ अमेरिकी डलर र चाँदी ३३.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।