शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ को नयाँ संस्करण


शिवम् सिमेन्टले ब्राण्ड क्याम्पेन ‘नो कम्प्रमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

‘नो कम्प्रमाइज’ को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतना मुलक सन्देश सहित आएको नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओ.पी.सी. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको र गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको जनाएको छ । ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराहरूले शिवम् ब्राण्डको मूल पहिचान निर्माण गरेको कम्पनीको दाबी छ ।

हालै सार्वजनिक गरिएको क्याक्पेन टिजरले चलचित्रको ट्रेलरझैं सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकहरुमा उत्सुकता र कौतुहलता सिर्जना गरेको कम्पनीले दाबी गरेको छ ।

हाल सार्वजनिक भएको विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाईज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  १८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।