काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५२० रुपैयाँ ३ पैसा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५१२ रुपैयाँ ५८ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा एशियन लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य ६९६ रुपैयाँ ४४ पैसा र प्रभु महालक्ष्मीको ५५३ रुपैयाँ ५९ पैसा कायम भएको थियो।
यहि समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा यी इन्स्योरेन्सहरुको शेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया