इनफिनिक्सको स्मार्ट १० र स्मार्ट १० प्लस नेपालमा सार्वजनिक


काठमाडौँ । इनफिनिक्स नेपालले बहुप्रतीक्षित स्मार्ट १० सिरिज अन्तर्गत २ नयाँ स्मार्टफोनहरू स्मार्ट १० र स्मार्ट १० प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ।

अत्याधुनिक फिचर, आकर्षक डिजाइन र सस्तो मूल्यमा उपलब्ध यी मोडेलले विशेष गरी बजेट–मैत्री स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरेका छन्।

स्मार्ट १० (४ं६४जीबी) को मूल्य मात्र ११ हजार ४९९ रुपैयाँ र स्मार्ट १० प्लस (४ं१२८जीबी) को मूल्य १२ हजार ९९९ रुपैयाँ तोकिएको छ। दुबै फोनहरूमा ६.६७ इन्चको ठूलो एचडीं डिस्प्ले र १२०एचजेड रिफ्रेश रेट रहेको छ । जसले स्क्रोल, स्वाइप र गेमिङ अनुभवलाई निकै स्मूथ बनाउँछ। यति कम मूल्यमा यस्तो प्रिमियम डिस्प्ले पहिलो पटक प्रयोगकर्तालाई उपलब्ध भएको बताइएको छ।

इनफिनिक्स नेपालका नेशनल सेल्स म्यानेजर पियुष गिरीका अनुसार, “स्मार्ट १० सिरिज त्यस्ता प्रयोगकर्ताहरूका लागि ल्याइएको हो, जसलाई स्मूथ डिस्प्ले, बलियो ब्याट्री र राम्रो परफर्मेन्स चाहिन्छ तर त्यो पनि बजेटमा। यो सिरिजले प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्नेछ।”

स्मार्ट १० मा ५ हजार एमएच ब्याट्री र १५ वाट फास्ट चार्जिङ सुविधा दिइएको छ भने स्मार्ट १० प्लस मा ६००० एमएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ उपलब्ध छ । जसले लामो समयसम्म फोन चलाउन सहज बनाउँछ। स्टोरेजको हिसाबले स्मार्ट १० मा ४जीबी र्याम (८जीबी सम्म विस्तार गर्न मिल्ने) र ६४ जीबी स्टोरेज छ भने स्मार्ट १० प्लसमा १२८ जीबी स्टोरेज उपलब्ध छ।

क्यामेरा फिचरको कुरा गर्दा, दुवै मोडेलमा ८ मेगापिक्सेलको एआई–सञ्चालित अगाडि र पछाडि क्यामेरा एफ÷२.० एपर्चरसहित रहेको छ। साथै, ३०० प्रतिशत अल्ट्रा भोल्युम डुअल स्पिकरले मनोरञ्जनमा थप मजा दिनेछ।

फोनमा धुलो र पानीबाट सुरक्षा दिने आइपि६४ रेटिङ रहेको छ। साथै, एनरोड १५ मा आधारित एक्सओएस १५.१ अपरेटिङ सिस्टम र वान–ट्याप इन्फिनिक्स एआई जस्ता फिचरहरू पनि समावेश गरिएको छ। इनफिनिक्सका अनुसार, यी फोनहरू टियूभी–प्रमाणित स्मूथ परफर्मेन्ससहित आएका छन् । जसले ४८ महिनासम्म स्मूथ अनुभव दिन्छन्।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।