काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२० प्लस शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ । यो अफर जुलाई १, २०२५ देखि सुरु भएको हो ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रुपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन् । यो छुट पाउन एससीटी–युपिआइ कार्ड प्रयोग गरी पीओएस मेसिनमार्फत नै भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुने कम्पनीको भनाइ छ ।
एससीटीले यस अघि बिगमार्टमै एससीटी स्मार्ट वेनस्डे अफर दिँदै आएको थियो जसमा एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउँदथे । सो अफर अगस्टको पहिलो बुधबारदेखि पूर्ण सुचारु हुने कम्पनीले जनाएको छ । यो छुट एससीटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले पाउने कम्पनीको भनाइ छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युपिआइ कार्ड जारी गर्दै आइरहेको छ । यस अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाएको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीे स्पष्ट पारेको छ ।
प्रतिक्रिया