काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थतन्त्रले सकारात्मक गति लिन थालेको दाबी गरेका छन्।
बजेट भाषणको सुरुआतमै उनले वर्तमान सरकार गठनको समय आर्थिक सूचकहरू दबाबमा रहेको स्मरण गर्दै भने, “निरन्तर प्रयासबाट अहिले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख बनेको छ।”
बजेटमार्फत उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४।६ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरे। अघिल्लो वर्ष ३।७ प्रतिशतमा सीमित आर्थिक वृद्धिदर यस वर्ष सुधार हुँदै गएको बताउँदै उनले उद्योग, निर्माणजस्ता अघिल्लो वर्ष ऋणात्मक वृद्धिदर भएका क्षेत्रहरू समेत पुनः सकारात्मक वृद्धिमा फर्किएको जानकारी दिए।
आजको संसद बैठकमा प्रतिपक्षी दलहरूको कुनै अवरोध नभएकोले बजेट भाषण सहज ढंगले अगाडि बढेको हो। बैठक अघि नै अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया