काठमाडौँ, १५ जेठः कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये रु ११ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि रु ३६ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
कृषि अनुदानमा गत आर्थिक वर्ष ३६ अर्ब १३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यसमध्ये २९ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत २अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया