चालु आवमा कुल बजेटको ८९.४ प्रतिशत मात्र खर्च हुने सरकारी अनुमान


काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल बजेटमध्ये ८९.४ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु वर्षको बजेट कार्यान्वयन अवस्था र संशोधित खर्च अनुमान प्रस्तुत गरेका हुन्।

सरकारले चालु आवमा १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको भए पनि अब अन्त्यसम्ममा १६ खर्ब ६२ अर्ब रुपैयाँ मात्र खर्च हुने देखिएको उनले बताए।

चालु खर्चतर्फ ८८.५ प्रतिशत र पूँजीगत खर्चतर्फ ८३ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको छ। वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ।

साथै, चालु आवमा कुल राजस्व परिचालन अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले वृद्धि हुने अर्थमन्त्री पौडेलले बताएका छन्।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।