सरकारले आगामी दुई वर्षभित्र नेपाललाई चामल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित नीति अगाडि सारेको छ।
यस उद्देश्यसहित तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सुरु गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै जानकारी दिएका छन्।
सरकारको अनुमान अनुसार उक्त कार्यक्रमबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको छ।
यसैक्रममा, आर्थिक वर्ष २०८२/८३ का लागि चैते धान खेतीमा सिँचाइ सुविधा विस्तार गर्न ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया