सरकारले नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले स्टार्टअपहरूलाई सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट भाषणमा स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएका हुन् ।
यस योजनालाई कार्यान्वयन गर्नका लागि सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। युवा पुस्ता विशेषगरी जेन–जेडलाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपहरूलाई प्राथमिकता दिइने अर्थमन्त्री पौडेलले स्पष्ट पारे।
प्रतिक्रिया