पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने विमान कम्पनीलाई सुविधा


पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने हवाइ सेवा कम्पनीहरूलाई विशेष सुविधा दिइने भएका छन्।

अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, यी दुई विमानस्थलमा उडान सञ्चालन गर्ने कम्पनीहरूलाई छुट र प्रोत्साहनका कार्यक्रम राखिने जानकारी दिनुभएको छ।

काठमाडौंमा केन्द्रित रहेका हवाइ कम्पनीहरूलाई भैरहवा र पोखरामा विस्तार गर्न कर छुट दिइने व्यवस्था गरिनेछ।

त्यसैगरी, आन्तरिक विमानस्थलहरूको व्यवस्थापन सुधार गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।