सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उद्योग व्यवसाय सम्बद्ध सार्वजनिक सेवालाई सरल, सहज र प्रविधिमैत्री बनाउनका लागि कम्पनीको दर्तादेखि बर्हिगमनसम्मका सबै कार्य एकल विन्दुबाट सम्पादन हुने व्यवस्था मिलाउने पौडेलले बताए ।
यस्तै विशेष आर्थिक तथा उद्योग क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने उद्योगहरुलाई सुरुको तीन वर्षको भाडा छुट दिने, विशेष आर्थिक क्षेत्रको भाडादर प्रति वर्ग मिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने पौडेलले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।
यस्तै संघीय संसदमा आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले लगानी बोर्डका लागि ७४ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।
प्रतिक्रिया