सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेटमा यस परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुतीकरणका क्रममा यो घोषणा गरेका हुन्। उनले वैकल्पिक विकास वित्तको प्रयोग गरी स्रोत व्यवस्थापन गरिने पनि जानकारी दिएका छन्।
प्रतिक्रिया