काठमाडौँ । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ ।
संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवस्था गरेको बताए ।
समस्याग्रस्त सहकारीका बचतकर्ताको निक्षेप अग्रणी तथा सञ्चालकको सम्पत्ती बिक्री गरेर फिर्ता गर्ने व्यवस्था बजेटमा उल्लेख छ ।
प्रतिक्रिया