काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने बताए ।
सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बताए । सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए ।
जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए ।
प्रतिक्रिया