सरकारले सामाजिक सुरक्षा भत्तामा आगामी आर्थिक वर्षमा १ खर्ब ९ अर्ब रुपैयाँ खर्च गर्ने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ मा सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पजष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेको बताएका हुन् ।

वृद्धावस्था, अपांगता, एकल महिला, बालबालिका, दलितलगायत लक्षित समूहका लागि प्रदान गरिने सामाजिक सुरक्षा भत्ता व्यवस्थापनका लागि उक्त रकम छुट्याइएको हो ।

सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै न्यून आय वर्गको जीवनस्तर उकासिने उद्देश्य रहेको उनले बताए ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।