उर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड, वैकल्पिक उर्जाका लागि २ अर्ब ३३ करोड विनियोजन


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा उर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड विनियोजन गरेको छ । यस्तै वैकल्पिक उर्जा निर्माणका लागि २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उर्जा मन्त्रालय र वैकल्पिक उर्जा निर्माणका लागि सो बजेट विनियोजन गरेका हुन् ।

यस्तै पौडेलले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने योजना समेत सार्वजनिक गरे ।

 

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।