काठमाडौं । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको दिवा खाजा कार्यक्रमको बजेटमा वृद्धि गरी १० अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बिहीबार बजेट सार्वजनिक गदै सो जानकारी दिएका छन् । शिक्षा क्षेत्रका सशर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तीय समान्यीकरण अनुदानमा रुपान्तरण गरिने उनले बताए ।
माध्यमिक शिक्षा परिषद्को सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने व्यवस्था मिलाइने उनले बताए । सोहीअनुसार शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने उनले बताए ।
प्रतिक्रिया