औद्योगिक विकासलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्रका भाडामा उल्लेखनीय कटौती गरिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा बजेट प्रस्तुत गर्दै सेजमा लाग्ने भाडा प्रति वर्गमिटर २० रुपैयाँबाट घटाएर अब केवल ५ रुपैयाँ मात्र तोकिएको घोषणा गरेका छन् ।
बजेटमा उल्लेखित प्रमुख राहतहरू यस्ता छन्:
आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्
सेज र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने व्यवसायीहरूलाई पहिलो ३ वर्षसम्म पूर्णरूपमा भाडा छुट प्रदान गरिने।
औद्योगिक क्षेत्रका भाडामा ५० प्रतिशतसम्म कटौती गरिने।
उद्योग दर्तादेखि बन्दसम्मका सम्पूर्ण प्रक्रिया एकल विन्दु (one-stop service) बाट सम्पन्न हुने व्यवस्था गरिने।
आफ्नो उत्पादनको ३० प्रतिशत निर्यात गर्ने उद्योगलाई सेज सरहको सुविधा उपलब्ध गराइने।
औद्योगिक क्षेत्रको पूर्वाधार विस्तार तथा विकासका लागि ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिने।
सरकारको यो कदमले उद्योगी तथा लगानीकर्तालाई सहज वातावरण प्रदान गर्दै देशको औद्योगिक उत्पादन र निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ
प्रतिक्रिया