आगामी आवका लागि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।