काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट मार्फत नेपालीको थाप्लोमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण थपिने भएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बिहिबार संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त मात्रामा ऋण लिने घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षमा वैदेशिक ऋण मार्फत २ खर्ब ३३ अर्ब ६६ करोड र आन्तरिक ऋण मार्फत ३ खर्ब ६२ अर्ब स्रोत जुटाउने अर्थमन्त्री बिष्णु पौडेले संघिय संसदको संयुक्त बैठकमा बताएका हुन् ।
प्रतिक्रिया