कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो


काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका एक–दुई भारी वर्षको सम्भावना रहेको बताएको छ । महाशाखाले शुक्रबार बुलेटिन निकालेर आगामी तिन दिनको मौसम पूर्वानुमान गरेको हो ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रलेश लगायत देशका पहाडी भु–भागका थोरै स्थानहरुमा र बाकीँ भु–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै उच्च पहाडी तथा हिमाली भु–भागका केहि स्थानमा हल्का हिमपालको सम्भावना रहेको पनि जनाएको छ ।
शुक्रबार राती कोशी , मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशका अन्य स्थानहरुमा आंशिक तथा साधारणतया बदली रहने जनएको छ ।
साथै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति: १६ जेठ २०८२, शुक्रबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।