शिक्षा क्षेत्रमा बढ्यो बजेट, शिक्षाविद्ध भन्छन्, दुरगामी आउनुपर्ने बजेट लोकप्रियतामै सिमित


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२\८३मा शिक्षा क्षेत्रमा बजेट बढेको छ । बिहिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको बताएका हुन् । आगामी आर्थिक वर्षको लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बिहिबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडलले आगामी आर्थिक वर्षमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १६ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको बताए। यो कुल बजेटको ९.३० प्रतिशत हो ।

चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट अर्थमन्त्री जनार्दन शर्माले प्रस्तृत गरेका थिए ।

मन्त्री शर्माले २०८१ जेठ १५ गते संघिय संसदमा बजे प्रस्तुत गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको घोषणा गरेका थिए । उक्त रकम कुल बजेटको १०.९४ प्रतिशत थियो ।

रकमका आधारमा हेर्दा आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रको लागि बढी बजेट विनियोजन गरएको छ । प्रतिशतका आधारमा हेर्दा चालु आर्थिक वर्षको भन्दा पनि कम बजेट शिक्षा क्षेत्रमा विनियोजन भएको छ ।

बजेट हर्दा लोकप्रियआएपनि दुरगामीनआएको शिक्षाविदवालचन्द्र लुइटेल बताउँछन् उनले भने, “ अहिले गणित विज्ञान विषयका शिक्षक मिल्दैन्न अबको चार पाँच वर्षमा शिक्षक पाउनै गाह्रो पर्छ” ।

“सरकारले त्यो विषयमाध्यानदिएर बजेट ल्याउनुपर्थाे तर त्यो हुन सकेको देखिदैन,”उनले भने, “बैंक बनाउने भनिएको छ, त्यो विश्वविद्यालयले पहिलेदेखिनै गरिरहको छ” ।

शिक्षक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउदै उनले भने,“ छरिएर सानोतिनो ठाउँमा खर्च हुने पाइलट प्रोजेक्ट जस्तो आएको छ ।”
बजेट बढनु राम्रो भएको बताउदै, उनले भने विश्वविद्यालयमा पदाधिकारी न्युक्त हुदैन भएका पदाधकारी विश्वविद्यालयकाबारेमा अनविज्ञ हुन्छन् । यस्ता कुरालाई समाधानको मार्ग खोज्नुपर्नेमा शैक्षिक क्यालेनडर लागु गरिने कुरा उल्लेख गरिएको उनको भनाई छ । विश्व विद्यालयलाई शिक्षक उत्पादनमा लगाउनुपर्नेमा उनको जोड छ । नुमना स्कुल उल्लेख गरिएको विषयमा अरु विद्यालयलाई विभेद गरेको महशुस हुने उनको भनाई छ ।

यस्तै अर्का शिक्षाविद्ध विद्यानाथ कोइराला केहि सकारात्मक आएपनि पिडा दायकनै रहेको बताउछन् । विदेशिएका विद्यार्थीलाई स्वदेशमा ल्याइने कुरा राम्रो भएको बताउदै उनले भने, “शिक्षक व्यवस्थापन र भोलीको शिक्षा कस्तो हुने भन्ने विषयमा चासो दिएको छैन । शिक्षकहरुलाई राजनीतिक दलबाट मुक्त गरेर पेशाकर्मी बनाउनु पर्नेमा जोड दिदै उनले भने, “विदेशिएका विद्यार्र्थीको ज्ञान सिप प्रविधि विद्यालय तथा विश्वविद्यालयमा कसरी जोड्ने भन्ने विषयमा चासो दिएको छैन ।

स्थानीय रैथाने उत्पादनलाई प्रयोग गरेर दिवाखाजाको रकम घटाउनुपर्नेमा त्यसाो हुन नसकेको उनको भनाई छ । विश्वविद्यालयलाई राजनीति भर्तीबाट मूक्त गर्नुपर्ने क्यालेन्डर लागु गरिने छ भनेर हास्यास्पद कुरा उल्लेख गरिएको उनको भनाई छ ।

 

प्रकाशित मिति: १७ जेठ २०८२, शनिबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।