सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौँ । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारी विरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

सोडरीले सार्वजनिक पद धारणा गरी मुख्यमन्त्री हुँदा आफ्नो र परिवारको कुल सम्पत्ति ८५ लाख ५१ हजार ३३७ रुपैयाँ वैधानिक आय आर्जन देखाएका थिए तर पदबाट बाहिरीएपछि १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ अकुत आर्जन गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् ।उनी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: १९ जेठ २०८२, सोमबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।