काठमाडौँ । सार्वजनिक खरिद कार्यालयले समयमै निर्माण सम्पन्न नगर्ने र गुणस्तरहिन काम गर्ने भारतीय र जापानी निर्माण कम्पनीलाई कालो सुचीमा राखेको छ ।
कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायहरुको सिफरिसमा उक्त निर्माण कम्पनीहरुलाई कालो सुचीमा राखिएको हो ।
कार्यालयले रानी जमरा कुलरिया सिंचाई आयोजनाको सिफारिसमा मारुशिन शिताका कन्स्ट्रक्सन आशिकुराजी जापानलाई २ वर्षको लागि कालो सुचीमा राखिएको जनाएको छ ।
यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना समन्वय इकाई ललितपुरको सिफारिसमा पुना हिंडा सीओ अरुणाञ्चल भारतलाई १ वर्ष ६ महिनाको लागि कालो सुचीमा राखिएको जनाएको छ ।
प्रतिक्रिया