काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले ठुलो संख्या प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा आवेदन माग गरेको छ । आयोगले आइतबार सूचना निकालेर विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक माग गरेको हो ।
आयोगका अनुसार प्राध्यापक पदको लागि २०८२ जेठ २६ गते देखि असार २९ गतेसम्म नियमित दस्तुर र साउन ४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ ।
यस्तै, अनुसन्धानात्मक विशिष्टताका आधारमा पदपुर्ति गरिने प्राध्यापकका लागि २०८२ जेठ २८ गते देखि असार ३१ गतेसम्म नियमित दस्तुरमा र साउन ६ गतेसम्म दोब्बर दस्तुरमा आवेदा दिन सकिने छ । आवेदन दस्तुर प्राध्यापक पदको लागि ३ हजार ५०० रुपैयाँ र सहप्राध्यापक पदको लागि ३ हजार २०० तोकिएको कार्यालयले जनाएको छ । यस्तै उपप्राध्यापक पदको लागि ३ हजार रुपैयाँ तोकिएको छ ।
आवेदन फारम आयोगको वेवसाइट https://teachervacancy.tu.edu.np मार्फत भर्न सकिने छ । थप जानकारीको लागि https://epaper.gorkhapatraonline.com/pdf/3185?file=/uploads/file/2025/6/gorkhapatra/2025-06-03-11-47-39-2082-02-21.pdf मा गएर हेर्न सकिने छ ।
प्रतिक्रिया