काठमाडौँ । सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइको काम तिन दिन बन्द गरिने भएको छ ।
यातायात व्यवस्था विभागले स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकोले सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ कार्य बन्द गरिने जनाएको हो ।
विभागले बुधबार सुचना निकालेर यहि जेठ २७ गतेदेखि जेठ २९ गतेसम्म लाइसेन्स छपाइ बन्द गरिने जनाएको छ ।
साथै विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गते अगावै निवेदन बुझाएर प्रमाणित गर्ने भनेको छ ।
प्रतिक्रिया