दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जनालाई धरौटीमा  थुनामुक्त


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई  १० हजारदेखि  एक लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  ०८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।