सामाजिक सुरक्षा कोषमा २२ लाख श्रमिक आबद्ध हुँदा ८१ अर्ब रकम संकलन


काठमाडौँ । सामाजिक सुरक्षा कोषमा हालसम्म २२ लाख ९९ हजार ५० जना आबद्ध भएका छन् । कोषका तथ्यांक अनुसार उक्त संख्यामा श्रमिक कोषमा आबद्ध हुँदा ८१ अर्ब ५१ करोड रुपैयाँ संकलन भएको हो ।

कोषमा रोजगारदाताबाट जम्मा २० हजार ७२९ जना आबद्ध भएका छन् ।

कोषमा नेपालमा काम गर्ने भन्दा वैदेशिक रोजगारीमा जानेहरु धेरै आबद्ध छन् । कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ लाख ६ हजार ४१७ जना वैदेशिक रोजगारीमा गएका श्रमिकहरु कोषमा आवद्ध भएका छन् ।

त्यस्तै, अनौपचारीक रुपमा ५८९ जना आबद्ध भएका छन् भने स्वरोजगारबाट ३७८ जना कोषमा आबद्ध भएका छन् ।

कोषमा सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनाबाट रकम जम्मा भएको छ । जुन ६६ अर्ब ७२ करोड ७४ लाख ६४ हजार ६१० रुपैयाँ रकम संकलन भएको छ । उक्त योजना अन्तर्गत १२ अर्ब ६७ करोड ६८ लाख ६२ हजार २१६ रुपैयाँ कोषले भुक्तानी पनि गरिसकेको छ ।

यस्तै, कोषमा औषधी, स्वास्थ्य तथा मातृत्व योजनाबाट २ अर्ब २८ करोड ८७ लाख ८२ हजार ५४६ रुपैयाँ जम्मा भएकोमा २ करोड २५ लाख ७७ हजार २६१ रुपैयाँ रकम भुक्तानी गरिसकेको छ ।

त्यसैगरी, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ५ अर्ब १३ करोड ६४ लाख २६ हजार ६४ रुपैयाँ जम्मा गरेको छ । उक्त योजना अन्तर्गत ४३ करोड ७४ लाख ११ हजार ४३० रुपैयाँ रकम भुक्तानी गरेको कोषले जनाएको छ ।

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।