कोशी प्रदेशसभाको आर्थिक सर्वेक्षण प्रस्तुत


काठमाडौँ । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण पेस भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सो सर्वेक्षण विवरण प्रस्तुत गर्दै प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको बताए ।

उनले गत चैत मसान्तसम्म ११ अर्ब ११ करोड लाख रुपैयाँ राजस्व सङ्कलन भएको जानकरी दिए । यसैगरी, सङ्घ अनुदानको जम्मा ९ अर्ब १ करोड वार्षिक लक्ष्यमा ६२ प्रतिशत निकासा प्राप्त भएको जानकारी दिँदै मन्त्री मगरले प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत र प्रतिव्यक्ति आम्दानी १ हजार ४०१ अमेरिकी डलर रहेको बताए ।

उनले प्रदेशको आर्थिक क्रियाकलापमा कृषिको ३४.४ प्रतिशत र औद्यागिक क्षेत्रको १६.०३ तीन प्रतिशत योगदान रहेको उल्लेख गरे ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, रमेशकुमार बस्नेत, राधाकृष्ण खनाल र शोभा चेम्जोङले असारे विकास प्रवृत्तिले भ्रष्टाचार मौलाउने र गुणस्तर कम हुने, जेठ १७ गते परेको अविरल वर्षाले सुनसरीको धरान आसपासका क्षेत्रमा नदी कटान र खानेपानीको मुहान बगाएको, किसानले चैते धानको उचित मूल्य नपाएको तथा बालबालिकाहरु पछिल्लो समयमा खोला र पोखरीमा डुबेर अकालमा ज्यान गुमाउनु परेका आवश्यक योजना बनाउनुपर्ने जस्ता विषयमा धारणा राखेका  थिए ।

 

 

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।