बेँसीसहर–चामे सडक अवरुद्ध


काठमाडौँ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार मंगलबार रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।