विदेशी मुद्रा सञ्चिति साढे २५ खर्ब नाघ्यो, मुद्रा सञ्चिती कुल गार्हस्थ्य उत्पादनको ४२.१ प्रतिशत


काठमाडौँ । नेपालको विदेशी मुद्रा सञ्चिती साढे २५ खर्ब नाघेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो ।

विदेशी मुद्रा सञ्चिती कुल गार्हस्थ्य उत्पादनको ४२.१ प्रतिशत पुगेको छ । अमेरिकी डलरमा हेर्दा १८ अर्ब ६५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको अन्त्यमा विदेशी मुद्रा सञ्चिती २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।

कुल मुद्रा सञ्चितीमा २२ खर्ब ७४ अर्ब राष्ट्र बैंकमा र २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । यो अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा रहँदा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १३ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।