काठमाडौँ । गत असार ११ गतेदेखि निरन्तर आन्दोलनमा उत्रिएका सुन व्यवसायीको आन्दोलनका कारण महासंघले असार १९ गतेबाट सुनचाँदीको मूल्य निर्धारण समेत गरेको थिएन । हिजो (बिहीबार) सरकारसँगको सहमतीसँगै आन्दोलन सकिएको हो ।
असार १९ गतेको तुलनामा आज सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार नेपाली बजारमा सुन तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । गत बिहीबार (असार १९ गते)को तुलनामा शुक्रबार चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला २ हजार २२० रुपैयाँ कायम भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३४३.६१ अमेरिकी डलर र चाँदी ३७.४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया