काठमाडौँ महानगरपालिकाले आइतबार बजेट ल्याउने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ ।

मेयर बालेन शाहले आइतबार दिनको २ बजे नगरसभा बस्ने जानकारी दिएका छन् । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने छ ।

शुक्रबार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो प्रस्ताव गरेको हो । आजै काठमाडाैँ महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ ।

राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट सार्वजनिक हुनेछ ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।