सुनको भाउ ११ सय रुपैयाँले बढ्यो, चाँदी हालसम्मकै उच्च


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । चाँदी तोलामा ६५ रुपैयाँले बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च हो । शुक्रबार चाँदी प्रतितोला २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५५.९५ अमेरिकी डलर र चाँदी ३८.४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।