चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन


काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए।बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पारे । ७.२ किलोमिटर दूरीको सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।