आइएमई लाइफलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड’


काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था द्वारा आयोजित ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ ।

होटल र्याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र वित्तविभाग प्रमुख जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका थिए ।

अवार्ड हालसम्म २ मात्र जीवनबीमा कम्पनीले प्राप्त गरेका छन सो मध्य १ आईएमई लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ ।

यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको छ ।

कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।

कम्पनीले नियामनकारी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।