बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया को उपाधि


काठमाडौँ । बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले १६ जुलाई देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलनमा प्रतिष्ठित सर्व श्रेष्ठ वितरक – दक्षिण एसिया पुरस्कारबाट सम्मानित भएको छ ।

यो पुरस्कार भीइसीभीका एमडी तथा सीइओ विनोद अग्रवालले प्रदान गरेका थिए र सबै अन्तर्राष्ट्रिय वितरकहरूको उपस्थितिमा हेमन्त पुराणिकर शान्ता राजबतास ले ग्रहण गरेका थिए।

दक्षिणएसियाको अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हरू मध्ये एक हो र यसक्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु एउटा ऐतिहासिक उपलब्धि हो । बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी आदि जस्ता विभिन्न पक्षहरुको गहन मूल्याङ्कनको आधारमा १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले पुरस्कारलाई अन्तिम रूप दिएको हो।

नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवाको लागि जिम्मेवार छ। विगत एकवर्षमा, प्रदर्शन दोब्बर भएको छ, जसले यसलाई नेपालमा सबैभन्दा छिटो बढ्दो व्यावसायिक सवारी वितरकको रूपमा स्थान दिएको छ । भोल्भो आइसर कमर्सियल भेहिकलले नेपालमा सफलता पूर्वक बलियो उपस्थिति स्थापित गरेको छ। तिनीहरूका साना, मध्यम र भारी सवारी साधनहरू नेपालको भूभागमा राम्रोसँग उपयुक्त छन्। भर्खरै सुरु गरेको प्रिमियम लक्जरी कोच, म्याजेस्टिक, नेपालमा तिब्र बिक्रीहुने प्रिमियम कोच बनेको छ र देशभर उत्साहका साथ यसलाई अँगालिएको छ।भविष्यलाई हेर्दा, नेपालमा सकेसम्म चाँडो नम्बर १ व्यावसायिक सवारी ब्रान्ड बन्न पूर्णरूपमा प्रतिबद्ध छ।

प्रतिष्ठित समग्र उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको अवसरमा सम्बोधन गर्दै, कमर्सियल भेहिकलका उपाध्यक्ष हेमन्त पुराणिकले भने “यो अवार्ड हाम्रो टोलीको जोश र प्रतिबद्धता, हाम्रो बोर्डको अटल समर्थन र हाम्रा ग्राहकहरूको अपार विश्वास, र हाम्रा साझेदारहरू सँगको बलियो सहकार्यको प्रमाण हो। यस्तो महत्त्वपूर्ण क्षेत्रमा उत्कृष्टको रूप मामान्यता पाउनु प्रेरणादायी छ।हामी आगामी वर्षहरूमा स्तर अझ माथि उठाउन कटिबद्ध छौं।”

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।